प्रविधिमय बन्दै रिब्दीकोट गाउँपालिका : राजस्व भुक्तानी क्यूआर कोडबाट

पाल्पा, मंसिर २९ गते ।

रिब्दिकोट गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट हुने राजस्व भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यसाथ क्यूआर कोड सुरु गरेको छ ।

पालिका भित्रका आमजनताको सेवा सहज बनाउँदै समयको बचत पनि हुने भएकाले यो सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । यो सेवा जिल्लामै पहिलो पटक रिब्दीकोट गाउँपालिकाले थालनी गरेको र रिब्दीकोट गाउँपालिकालाई प्रविधिमय बनाउन निरन्तर प्रयासरत रहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

एनआइसी एसिया बैंक लिमिटेडको फोन पे वा क्यू आरमार्फत सेवाग्राहीले राजस्व सहजै भुक्तानी गर्न सक्ने सूचना प्रविधि अधिकृत सुदिप पौडेलले बताउनुभयो ।

यस सेवा पालिकाको ८ वटै वडा र गाउँ कार्यपालिकाको कार्यालयमा थालनी गरिएको छ । आगामी दिनमा सेवाग्राहीले डिजिटल सेवामार्फत घरमा बसी विभिन्न सेवा लिन सक्ने सिस्टम निर्माण गरिने पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!