नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ बागमति शाखाको प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न

ललितपुर, पौष १, २०८०ः

नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ बागमति शाखाले संघको आसन्न केन्द्रिय तथा प्रदेश अधिबेशनको लागि प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न गरेको छ।

संघका केन्द्रिय अध्यक्ष पुर्ण चन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको उदघाटन प्रमुख अतिथि एब संघका केन्द्रिय अध्यक्ष सापकोटाले कार्यक्रमको ब्यानर पढेर गर्नु भएको थियो। संघका शाखा अध्यक्ष रमेश अधिकारीको अध्यक्षताम सम्पन्न भएको उक्त प्रतिनिधि छनौट कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष ्तथा पुर्ब केन्द्रिय अध्यक्ष श्री हेमराज बडाल, बागमति प्रदेश अध्यक्ष श्री इश्वरी प्रसाद आचार्य, शाखाका निवर्तमान अध्यक्ष श्री रत्नकुमार बडालका साथै निवर्तमान केन्द्रिय अध्यक्ष श्री भुपेन्द्र प्रसाद गौतम, संघका पुर्व केन्द्रिय अध्यक्षहरू श्री भरत बहादुर पाण्डे, श्री कम्पोज बडाल, श्री नवराज शर्मा तिमिल्सिना, श्री प्रजापति बास्तोला, श्री रेवती रमण निरौला एबं श्री चित्र बहादुर गुरुङको उपस्थिति रहेको थियो।

नेपाल भरी छरिएर रहेका पशुपंक्षी औषधी ब्यबसायीहरुको छा्ता संगठन नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघको केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३औं बार्षिक साधारण सभा यहि पौष २४ र २५ गते चितवन जिल्लाको भरतपुरमा र बागमति प्रदेश कार्यसमितिको चौथो अधिबेशन तथा छैठौं बार्षिक साधारण सभा यहि पौष ६ गते काठमाडौंमा हुन गै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!