काठमाडौं, पौष १, २०८०ः
नेपाल पशुपन्क्षी औषधि ब्ययवसायी संघको केन्द्रिय महाधिबेशन नजिकिदै गर्दा चुनाबी सरगर्मि पनि बददै गएको छ। संघको बागमति शाखाको केन्द्रिय महाधिबेशन तथा बागमति प्रदेशको अधिबेशनमा सहभागि हुने प्रतिनिधि छनौट कार्यक्रममा उम्मेदवारहरुले आ आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन।
निकै लामो समय अघि नै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका बर्तमान केन्द्रिय कार्यसमितिका बरिष्ठ उपाध्यक्ष रितेश रिमाल लगायत रत्न कुमार बडाल र शकर सुबेदी समेतले आफ्नो उम्मेदवारी घोषणा गरेका छन।

अध्यक्ष पद्का लागि बर्तमान उपाध्यक्ष धन अधिकारी पाण्डेले आफ्नो उ्म्मेदवारी घोषणा गरेका थिए। यो धोषणा संगै अध्यक्ष पदका लागि बर्तमान कार्यसमितिकै दुई उपाध्यक्ष बिच प्रतिस्पर्धा हुने भएको छ। प्रथम उपाध्यक्ष रितेश रिमाल र दितिय उपाध्यक्ष धन अधिकारी पाण्डॅ बिच प्रतिस्पर्घा हुने भएको छ।
त्यसैगरी उपाध्यक्ष पदका लागि आयात तर्फ सुना सुबेदी बडाल र दिनेश कट्टेल एब थोक तर्फ नारायण भुजेलले उम्मेदवारी प्रस्तुत गरे। सोहि कार्यक्रममा महासचिब पदको लागि सादुराम ढकाल आशिष, सचिब पदको लागि केशब शर्मा, को्षाध्यक्ष पदको लागि राजेन्द्र थापा मगर र सदस्य पदको लागि रत्न कुमार बडाल र शंकर सुबेदीले आ आफ्नो उम्मेदवारी प्रस्तुत गरेका थिए।
सो प्रतिनिधि छनौट कार्यक्रम संघका केन्द्रिय अध्यक्ष पुर्ण चन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा तथा शाखाका अध्यक्ष रमेश अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो।