झुम्का, सुनसरी, पौष २, २०८०ः
नेपाल पशुपन्छी औषधी व्यवासायी संघ कोशी जिल्ला शाखाको अध्यक्षमा केशब लामिछाने चयन हुनु भएको छ। कोशी जिल्ला शाखाको आज सम्पन्न भएको छैठौं अधिबेशनले लामिछानेको नेतृत्वमा नया कार्यसमिति चयन गरेको हो।

नबनिर्वाचित शाखा कार्यसमितिको उपाध्यक्ष (आयात)मा दिपेन्द्र खतिवडा , उपाध्यक्ष थोकमा जगदिस खडका र उपाध्यक्ष खुद्रामा तुलसा कुमारी कंडेल निर्वाचित हुनु भएको छ ।
त्यसैगरी सचिबमा ढुण्डीराज ढकाल, सह सचिबमा कुलदिप चौधरी र कोषाध्यक्षमा उत्सब अधिकारी निर्वाचित हुनु भएको छ।
त्यसैगरी सदस्यहरुमा सन्जिब कुमार मन्डल, दिलिप गौतम, प्रह्राद कुमार राउत र रबिन्द्र अधिकारी निर्वाचित भएका छन।
