काठमाडौं, पुस १२ गते ।
सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३६५०.१४ रूपियाँ निर्धारण गर्ने निर्णय गरेको हो ।