सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

काठमाडौँ, पुस १२, २०८० :

सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रवक्ता रेखा शर्माले भट्टराईलाई सदस्य सचिवमा नियुक्त गर्ने जानकारी दिनु भयो।

राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले परिषद्को रिक्त सदस्य सचिवमा भट्टराई सहित राष्ट्रिय सीप परीक्षणका निर्देशक टेकबहादुर मल्ल र क्वालिटी परियोजना प्रमुख विनोद बडाललाई सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!