काठमाडौं, पुष १० , २०८०ः
के के मानन्धर
ज्यापु दिवसको अवसरमा नेपाली सेनाका मेजर पूर्ण प्रजापति सम्मानित भएका छन।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेजर पूर्ण प्रजापतिलाई मंगलबार काठमाडौंको वसन्तपुरमा एक भव्य समारोहवीच सम्मान गरेका थिए। ज्यापु संस्कृति विकास कोषले २० औं राष्ट्रिय ज्यापु दिवस समारोह ११४४ को अवसरमा उहांलाई ‘ज्यापु विशेष सम्मान’बाट सम्मानित गरिएको हो ।
काठमाडौंस्थित हनुमानढोका दरबारकाे श्री शार्दूल जंग गुल्मकाे गुल्मपति (गुरूजुकाे पल्टन)काे रूपमा कार्यरत रहेर समाज उत्थानकाे लागि जात्रापर्व, बाजा र सम्पदा संरक्षण र प्रवर्द्धनमा दिनुभएको याेगदानलाई मुल्यांकन गरि यःमरि पुन्हिकाे अबसरमा मेजर प्रजापतिलाई उक्त सम्मान प्रदान गरिएको हो।

मध्यपुर थिमि नगरपालिका, बाेदे खपलाँ निवासी प्रजापति नेपाली सेनाकाे उच्च पदमा बहाल भएर गुल्मपतिकाे रूपमा कार्यरत रहनु सम्पुर्ण मध्यपुरबासी कै गाैरवकाे विषय हाे । यसअघि धनकुटा, सर्लाही, नुवाकोट, भक्तपुर तथा नेपालका थुप्रै ठाउँमा खटिएर अनुभव बटुली सकेका मेजर प्रजापति मध्यपुरका युवा माझ शालिन ब्यक्तित्वको रुपमा लोकप्रिय छन।
