नेपाल पशुपन्क्षी औषधी ब्यबसायी संघको यहि पुष २४ र २५ गते चितवनको भरतपुरमा हुन गैरहेको १४ औ केन्द्रिय महाधिबेशनमा संघका पुर्ब केन्द्रिय सदस्य सादुराम ढकालले महासचिब पदमा उम्मेदवारी दिनु भएको छ। संघको बागमति शाखाको अध्यक्ष तथा केन्द्रिय कार्यसमितिको सदस्य भै सक्नु भएका साधुराम ढकाल संग चुनाबी सेरोफेरोमा रहेर गरेका कुराकानीको सारसंक्षेपः
प्रश्नः तपाईको उम्मेदवारी किन र के को लागि?
जवाफः यस व्यवसायमा देखिएका तमाम समस्या समाधानको लागी र व्यवसायी बिचमा भएका अस्वभाबिक,अस्वस्थ वजारलाई व्यवस्थीत र मर्यादित बनाउनको लागी उपयुक्त ब्यक्ति उचित पदको हिसावले आसन्न महाधिवेशनमा मेरो महासचिव पदमा उमेद्वारी रहने छ ।
प्रश्नः तपाईको बिचारमा भेटेरिनरी औषधि ब्यबसायमा के कस्ता समस्या र चुनौतीहरु बिध्यमान रहेका छन?
जवाफः समस्या नै समस्याको चाङवाट आक्रान्त अहिलेको भेटेरीनरी व्यवसायमा अत्यावश्यक औषधी अभाव, गुणस्तरीय औषधीको खुल्ला सिमानाका कारण व्याप्त गुणस्तर हिन औषधीहरुको विक्रीवितरण, औषधी व्यवस्था विभाग र पशु सेवा विभाग विचको समन्वय अभाव लगायतका अनेकौ समस्याहरु छन् र राज्यस्तरवाट पनि यस क्षेत्रलाई ओझेलमा राख्ने कार्ठरु चिर्नुपर्ने मुख्य चुनौती रहेको छ।
प्रश्नः ती समस्याहरुलाई कसरी समाधान गर्ने योजना छ?
जवाफः खुल्ला सिमानाका कारण भित्रीने विना दर्ताका औषधीहरुको हकमा नियमनकारी निकायलाई अनुगमन गर्न प्रेरित गर्ने, दता भएका औषधीको लिस्ट जनस्तरमा पुग्ने गरी सम्प्रेषण गर्ने र तहगत व्यवसायलाई स्थापित गर्न लागि पर्ने मुख्य ध्येय र योजना सहित कार्यान्वयनको पहल कदमी गरियो भने असम्भव छैन ।
प्रश्नः बिना दर्ताका औषधि, खुल्ला सिमाका कारण देखिएका ब्यबसायिक समस्याहरु अनि ब्यबसायमा देखिएका अस्वस्थ प्रतिस्पर्धाको बारेमा तपाइको के भनाई छ?
जवाफः पक्कै पनि व्यवसायी संगठनको मुल उद्देश्य भनेकै व्यवसाय र व्यवसायीका हित र समस्या समाधानका लागी हुनुपर्नेमा तमाम व्यवसायीहरुले अपनत्व ग्रहण गर्न सक्ने गरी नेतृत्वमा रहने व्यक्तित्वले कार्य योजना त्याउन नसक्नु नै मुख्य कमजोरी हो की भन्ने मेरो ठम्याई छ
प्रश्नः तपाइको जितको आधार के हो?
जवाफः व्यवसायीक इमान्दारीता, सरलता, सहज उपलव्यता र व्यवसायी विचको लोकप्रियता र विगतमा संघ प्रति खेलेको भुमिका र त्याग नै मेरो जितको बलियो आधार हो ।
प्रश्नः अन्तमा ब्यबसायी मित्रहरुलाई के भन्न चाहनु हुन्छ ?
जवाफः देश भरीवाट प्रतिनिधित्व गरि आउने तपाई सम्पुर्ण समासद्हरुको सहि विवेकको कारण सहि ब्यक्ति सहि पदमा छनौट गरिएको खण्डमा मात्र हाम्रा समस्या समाधानका निम्ती पहल हुने हुँदा आफ्नो अमुल्य मतदान गर्नु पूर्व ब्यक्ति र पदको बारेमा अध्ययन गरी मतदान गर्नु हुने छ भन्ने पूर्ण आशा र विश्वास लिएको छु।

⑤