भरतपुर पुष २४, २०८०ः
अग्रज पशुपंक्षी औषधी ब्यबसायी मित्रराज दवाडी सम्मानित भएका छन।

नेपाल पशुपंन्छी औषधी व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३ औ बार्षिक साधारणसभामा उहालाई सम्मान गरिएको थियो।
नेपाल पशुपंन्छी औषधी व्यवसायी संघलाई स्थापना काल देखि हालसम्म अनबरत रुपमा ब्यबसायको सम्मुन्नत बिकासका लागि उहाले पुर्याउनु भएको योगदानको कदर गर्दै उहालाई उक्त सम्मान प्रदान गरिएको थियो। संघका केन्द्रिय अध्यक्ष पुर्ण चन्द्र सापकोटाले सम्मानित ब्यक्तित्व दवाडीलाई दोसल्ला ओढाई सम्मानपत्रका साथ सम्मान गरिएको थियो।