हेटौँडामा शहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरुः बागमती युवा क्लब सर्लाहीको विजयी शुरुवात

मकवानपुर, माघ १६, २०८०ः

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा आजबाट हेटौँडामा शहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको गोल्डकपमा बागमती युवा क्लब सर्लाहीले विजयी यात्रा सुरु गरेको छ ।

उद्घाटन खेलमा बागमतीले पाहुना टोली पारो एफसी क्लब भुटानलाई ३–१ गोलअन्तरले पराजित गर्‍यो । बागमतीको जितमा राज भुसालले २ तथा सृजन गौतमले एक गोल गरेका थिए । बागमतीका तर्फबाट भुसाल र गौतमले खेलको पहिलो हाफमा एक एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १६औँ मिनेटमा गौतमले थप एक गोल गर्दै बागमतीको जित सुनिश्चित गरे । खेलको अन्तिम चरणमा भुटानका तर्फबाट सृजुब दोर्जीले सान्त्वना गोल गरेका थिए ।

प्रतियोगितामा भुटानले केही राम्रा अवसर पाएको भए पनि गोल गर्न नसक्दा निराश हुँदै घर फर्किन बाध्य भएको छ । खेलको म्यान अफ द म्याच बागमतीका राज भुसाल घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!