तौलिहवा, माघ १६ ,२०८०:
कपिलवस्तुको विभिन्न सीमा नाकाबाट अवैध रुपमा आयात हुने उपभोग्य वस्तु निषेध गर्न व्यवसायीले माग गरेका छन्।
तौलिहवा उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै सीमा क्षेत्र चेकजाँच व्यवस्थापनमा विशेष निगरानी बढाएर अवैध रुपले आयात हुने उपभोग्य वस्तु निषेध गर्न माग गरिएको हो। संघका अध्यक्ष गयादिन कुर्मीका अनुसार जिल्लासँग जोडिएका विभिन्न सीमा नाकाबाट यहाँका आम उपभोक्ताले दैनिक उपभोग्यका खाद्य वस्तु लगायतका सामग्री गरिद गरेर निर्वाध रुपले ल्याउन पाउँदा व्यापारी धरासयी भएको बताउनुभयो। यस्ता गतिविधिलाई रोक्नुपर्ने मागसहित प्रजिअ विश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको उहाँले बताउनुभयो।
व्यापारीले व्यापार व्यवसाय संचालनका लागि लिएका बैंकको ब्याज, घरभाडा, सरसफाई तिर्नुपर्ने विभिन्न किसिमका राजस्वसमेत तिर्न नसक्ने अवस्था यहाँका व्यापारीको रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
PC: Narad Kohar