कला संस्कृति संरक्षणमा वाईसियलको पहलः श्री सिद्दी गणेश न्हु धिमे खलःलाई धिमे बाजा सहयोग

मध्यपुर थिमि, नाघ १७, २०८०ः

वाईसियल नेपाल भक्तपुर जिल्ला समन्वय समितिले श्री सिद्दी गणेश न्हु धिमे खलःलाई दुई सेट धिमे बाजा र भुस्या सहयोग गरेको छ। नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला ईन्चार्ज क.दिलीप कुमार प्रजापतिको विशेष उपस्थितिमा वाईसियल नेपालका भक्तपुर जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य नरेश रंजितले उक्त धिमे बाजा वाईसिय मध्यपुर थिमि वडा न ७ का अध्यक्ष प्रदिप बाडेलाई बितरण गर्नु भयो।

मध्यपुर थिमिमा भब्य रुपमा मनाईने बिस्का जात्राको तयारी स्वरुप वाईसियल नेपाल मध्यपुर थिमि वडा नं. ७ समितिको आयोजना तथा श्री सिद्दी गणेश न्हु धिमे बाजा खलःको सहकार्यमा धिमे बाजा प्रशिक्षण शुरु भएको र त्यसैलाई मध्यनजर गरेर वाईसियले उक्त सहयोग गरेको जिल्ला ईन्चार्ज रंजितले बताउनु भयो। ईन्चार्ज रंजितले कला संस्कृतिको जगेर्ना र संरक्षणमा वाईसियल सदैब तत्पर रहेको बताउदै युवाहरुको कला संस्कृति प्रतिको यो सकृयता देखेर खुशी ब्यक्त गर्नु भयो।

करिब २० जना युवाहरुको सहभागिता रहने उक्त प्रशिक्षण कार्यक्रमलाई वाईसियलका युवाहरु दिपेस बाडे र रोनिस साहु श्रेष्ठले प्रशिक्षण दिनु हुनेछ।

उक्त कार्यक्रममा वाईसियल नेपालका केन्द्रीय सदस्य राजु कुटु, भक्तपुर जिल्ला सचिव सुरेन्द्र सुवाल , बागमति प्रदेश सदस्य बिराज था श्रेष्ठ लागायतको उपस्थिति रहेको थियो।

उकत धिमे बाजा वाईसियलाई सदैब माया तथा सहयोग गर्नु हुने बरिष्ठ समाज सेवी श्रीभक्त कासिछवा र फ्रेन्ड्सिप रियल स्टेट प्रा लिको सौजन्यमा प्राप्त भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!