उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा कास्कीका गुरुङः उपाध्यक्षमा बाग्लुङ्गका बराल र तनहुँका बिष्ट

पोखरा, माघ २०, २०८०ः

उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा कास्कीका बबरजङ्ग गुरुङ निर्वाचित भएका छन। महासंघको शनिबार सम्पन्न प्रथम अधिवेशनले गुरुङ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

महासंघको उपाध्यक्षमा बागलुङका भवनराज बराल र तनहुँका ईश्वरबहादुर विष्ट निर्वाचित भएको छ भने सचिवमा कास्कीका यमनाथ पौडेल र कोषाध्यक्षमा कास्कीकै पार्वती पाण्डे निर्विरोध निर्वाचित भएको छ ।

त्यसैगरी उपसचिबमा कास्कीका नगेन्द्रप्रसाद पोखरेल र काशी गुरुङ, म्याग्दीका नारायण शर्मा, स्याङ्जाका सुशिला सिग्देल चयन भएका छन् ।

महासंघको सदस्यहरुमा पर्वतका खगेश्वरी शर्मा पौडेल र नारायणबहादुर कुँवर, बाग्लुङ्गका सोमराज पाठक, तनहुँका आनन्द सुन्दर श्रेष्ठ र हस्तबहादुर खड्का, म्याग्दीका भोजबहादुर रिजाल र अमृता ल्वागुन, लमजुङका कल्पना थापा बोहोरा, सरोज पौडेल र युवराज पौडेल, कास्कीका प्रकाश थापा, थोमनाथ अर्याल, शिवप्रसाद तिवारी, र यादवप्रसाद पोखरेल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!