देशमै युवा रोक्न उद्यमशीलताको विकासमा जोड दिनु पर्छ : एमाले अध्यक्ष ओली

झापा , माघ २३, २०८०ः

नेकपा एमाले पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई रोक्न आफ्नै देशमा काम लगाउने र देशमा उद्यमशीलताको विकास गर्न सरकारले प्रेरित गर्नु पर्ने बताउनु भयो ।

झापाको शिवसताक्षी नगरपालिकामा आज एक कार्यक्रमबीच १० मेगावाट क्षमताको सौर्य ऊर्जा उद्घाटन कार्यक्रममा उहाँले देशको जनसङ्ख्याको ४० प्रतिशत युवा मध्ये आधा विदेशमा रहेकाले देशमै विकास गर्न यस्ता ऊर्जाको विकासमा जोड दिनु पर्ने बताउनु भयो ।

झापा इनर्जी लिमिटेड कम्पनीले माछापुच्छ्रे र सिभिल बैङ्कको ७५ प्रतिशत र अन्य सेयर सदस्यबाट गरी ८५ करोड लगानीमा ऊर्जा सञ्चालन ल्याएको छ ।

साढे २१ विगाह जमिन खरिद गरी राखिएको सौर्य प्यानलबाट सङ्कलन गरेर उत्पादन भएको १० मेगावाट विद्युत् मुख्य लाइनमा जडान भई विक्री समेत गर्न थालेको इजर्नीका अध्यक्ष सो क्षेत्रका प्रतिनिधिसभा सांसद एलपी साँवाले बताउनु भयो । साँवाले वार्षिक १२ करोड ८५ लाख आम्दानी दिने गरी ऊर्जा सञ्चालन ल्याइसकेको उहाँले बताउनुभयो ।

कोशी प्रदेशमै सबैभन्दा ठूलो सौर्य ऊर्जा उद्घाटन कार्यक्रममा पूर्व मन्त्री तथा सासंदहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!