काठमाडौं, माघ २८, २०८०ः
कृष्ण किसी
नेपाल पत्रकार संघ (हाल महासंघ)को संस्थापक अध्यक्ष को हो भन्ने विवादमा आइतबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा झण्डैझण्डै झडप नै भयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको अगुवाईमा नेपाल पत्रकार महासंघ उपत्यका शाखाले प्रकाशित गरेको पुस्तक विमोचन कार्यक्रम अवरुद्ध गरेको छ। नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहे पनि उनलाई पन्छाएर अर्कै संस्थापक सभापति पुस्तकमा उल्लेख भएको भन्दै विरोध भएको हो ।


यसको सही तथ्यको लागि अहिले पनि उपलव्ध प्रमाण हो, २०२४ सालमा प्रकाशित ग्रीष्मबहादुर देवकोटाद्धारा लिखित पत्रकारिताको इतिहास समेटिएको नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास नामक पुस्तक । पुस्तकको पेज नं १३८ मा नेपाल पत्रकार संघ उपशीर्षकमा लेखिएको छ, ‘नेपालमा सवैभन्दा पहिले २००८ सालमा नेपाल पत्रकार संघ नामक पत्रकारहरुको एउटा संगठन स्थापना भयो । यस संघका सभापति श्री सत्यनारायण बहादुर श्रेष्ठ र सेक्रेटरी श्री भोजबहादुर सिंह न्यौपाने हुनुहुन्थ्यो ।’ ………………