पोर्चुगल पठाउने भनी १८ लाख रुपियाँ ठगी गर्ने पक्राउ

काठमाडौं, माघ २८ गते।

प्रहरीले पोर्चुगल पठाउने भनी १८ लाख रुपियाँ रकम ठगी गर्ने ३० वर्षीय मञ्जु रावत घर्तीलाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १२ भई हाल काठमाडौँ सामाखुसी बस्ने घर्तीले पोर्चुगल जान प्रतिव्यक्ति १५ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब एक लाख ५० हजार रुपियाँ हुन्छ भनी विश्वास दिलाएका थिए।

प्रहरीका अनुसार उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!