ग्वलः अर्केष्ट्रामा १५० कलाकारको प्रस्तुति रहने

काठमाडौँ, फागुन २, २०८०ः

काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खलःको संयुक्त आयोजनामा वडा नं. ८ को जयवागेश्वरी मन्दिर परिसरमा यहि शनिबार ग्वलः अर्केष्ट्रा प्रस्तुति हुने भएको छ ।

आज एक पत्रकार सम्मेलन मार्फत महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले यस सम्बन्धमा जानकारी दिनुभएको हो । अर्केष्ट्रा प्रस्तुतिमा महानगरपालिकाको पूर्वी क्षेत्रका ६ वटा वडा (वडा नं. १, ५, ६, ७, ८ र ३०) का परम्परागत बाद्य समूहको प्रस्तुति हुनेछ ।

परम्परागत बाजागाजाका बाद्य शैलीमा युवा पुस्तालाई सहभागी गराउने, संरक्षण र प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रमका बारेमा जानकारी दिँदै अध्यक्ष संगतले भन्नुभयो, ‘मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्धन गर्ने दायित्व पूरा गर्न कार्यक्रम आयोजना गर्न लागेका हौँ । यसरी बजाइने बाजाहरु स्थानीय जात्रा, पर्व, धार्मिक तथा सामाजिक स्थल तथा क्रियाकलापसँग सम्बन्धित हुनेछन् । यसकारण बाजागाजा तथा बाद्यशैली मनोरञ्जनका लागि मात्र नभइ सामाजिक व्यवस्थासँग पनि जोडेर हेर्नु पर्छ । कार्यक्रम त्यसको प्रवर्धनका लागि हो । यस क्षेत्रसँग सम्बन्धित मूर्त अमूर्त जात्रा पर्व, संस्कार संस्कृति र परम्परालाई एउटै थलोमा देखाउन हामी पशुपति महोत्सवको तयारी गर्दैछौँ ।’’

यसरी बजाइने ग्वलः क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्तिपीठ, ९ वटा पाटीपौवा, ९ वटा डवली, ९ वटा टोल र ९ थरी जात छन् । अर्केष्ट्रा बादन यिनै सम्पदासँग सम्बन्धित छन् । संगतले भन्नुभयो, ‘यसकारण पनि बाद्य प्रस्तुतिको महत्व छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!