काठमाडौं, फागुन ४, २०८०ः
नेपाल पशुपंक्षी औषधि व्यवसायी संघले प्रदेश ईन्चार्जहरु तोकेको छ। संघको यहि फागुन २ गते बसेको केन्द्रिय सचिवालयको बैठकको उक्त निर्णय गरेको हो।
जसअनुसार केन्द्रिय सदस्यहरु दिपक चन्द्र सेनलाई कोशी प्रदेश इन्चार्ज, रोशन कुमार साहलाई मधेश प्रदेश ईन्चार्ज, इंश्वरी प्रसाद आचार्यलाई बागमती प्रदेश ईन्चार्ज, पशुराम गैरेलाई गण्डकी प्रदेश ईन्चार्ज, पूर्ण प्रसाद जैसी (पाण्डे)लाई कर्णाली प्रदेश इन्चार्ज र पनिराम चौधरीलाई सुदुरपश्चिम प्रदेश इन्चार्जको जिम्मेबारी दिएको छ।
संघको सात प्रदेश मघ्ये ६ प्रदेशको ईन्चार्ज मात्रै तोकेको र लुम्बिनि प्रदेश ईन्चार्ज पछि मात्र तोकिने संघका उपाध्यक्ष सुना सुबेदी बडालले जानकारी दिनु भयो।
