भक्तराज आचार्यको नाममा सरकारले केही काम गर्छ : पर्यटनमन्त्री किराँती

काठमाडाैं , फागुन १५, २०८०ः

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्व. भक्तराज आचार्यको नाममा सरकारले नयाँ काम शुरु गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सोमबार निधन हुनुभएका आचार्यको अन्तिम श्रद्धाञ्जलीका क्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्व. आचार्यलाई नेपालीले कहिल्यै बिर्सिन नसक्ने बताउनुभयो । उहाँले उहाँका गीतहरु बाँच्नेहरुको निम्ति आदर्श हुने बताउनु भयो । उहाँले बाँच्नेहरुले उहाँको निम्ति धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!