भक्तपुर कप फुटबल प्रतियोगिता आजबाट सुरु

भक्तपुर, २०८० फागुन १८ गते, शुक्रबार

भक्तपुर युवा टीमको आयोजनामा आजबाट सञ्चालन भएको भक्तपुर कप फुटबल प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो ।

स्थानिय महेश्वरी खेलमैदानमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले २०५० सालमा स्थापना भएको युवा टीम अझ व्यवस्थित रुपमा सञ्चालनको लागि शुभकामना दिँदै खेलकुद प्रतियोगिता आजको लागि मात्र नभई भविष्यमा सभ्य र सुसंस्कृतिक समाज निर्माणको लागि भएको बताउनुभयो । समाजलाई अनुशािसत र व्यवस्थित गर्ने सिलसिलास्वरुप भक्तपुर नपाले खेलकुद प्रशिक्षण, खुल्ला व्यायामशाला, कर्भड हल निर्माण, खेलकुद प्रतियोगिताहरु सञ्चालनमा जोड दिँदै आएको बताउँदै उहाँले नयाँ पुस्तालाई खेलकुदमा सहभागी गराउने कोसिस गर्दै आएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले निडर र निर्भिक खेलाडी तयार गर्ने उद्देृश्यले भक्तपुर नपाले खेलकुद क्षेत्रमा योगदान पुर्याइरहेको बताउँदै प्रतियोगिता सफलताको शुभकामना दिनुभयो ।

भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष दिपक थापाले भक्तपुर नपाले सञ्चालन गरेको खेलकुद प्रतियोगिताले भक्तपुर खेलकुदमय भएको बताउँदै खेलकुद प्रतियोगिता आयोजनाले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलमा पुग्ने दबु भएको बताउनुभयो । भक्तपुर नपाले खेलकुद क्षेत्रमा गरेको भौतिक विकास सराहनीय भएको बताउँदै थापाले यस किसिमका गतिविधिले खेलाडीहरुलाई प्रोत्साहित गर्ने बताउनुभयो ।

भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष विश्वराम कवांले युवा टीम स्थापनाको इतिहास बताउँदै युवालाई कुलतबाट बचाउने अभियानस्वरुप भक्तपुर युवा टीम स्थापना भएको बताउनुभयो । भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर कप फुटबल प्रतियोगिता संयोजक सुरेश कवांले प्रतियोगितामा १६ वटा टीम सहभागी भएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!