मध्यपुर थिमिमा सडक कुकुरहरुलाई भ्याक्सिनेशन कार्यक्रम सम्पन्नः करिब १२० कुकुरलाई लगाईयो भ्याक्सिन

मध्यपुर थिमि, फागुन २६, २०८०ः

मध्यपुर थिमि नगरपालिका वडा न ५ र ६ मा रहेका करिब १२० सडक कुकुरहरुलाई रेबिज तथा डिस्टेम्पर रोग बिरुद्दको खोप लगाईएको छ। नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ, बागमति जिल्ला शाखाको आयोजनामा मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

भ्याक्सिनेशन कार्यक्रमको शुभारम्भ गर्नु हुदै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले कुकुरबाट सर्ने प्राणघातक रोग रेबिजबाट बच्नको लागी नियमित खोप लगाउनुका साथै जनचेतनामुलक कार्यक्रमहरु पनि गर्नु पर्ने बताउनु भयो। उपप्रमुख श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले पशु अधिकारलाई समेत ध्यानमा राखेर सडक कुकुरहरुको ब्यबस्थापन गरिरहेको बताउनु भयो।

उपप्रमुख श्रेष्ठले नगरपालिकाले सडक कुकुरको बन्ध्याकरण ्कार्यक्रमको लागि अघिल्लो बर्ष भन्दा बदी बजेट बिनियोजन गरेको र सो कार्यको लागी टेन्डर समेत आहवान भैसकेको पनि बताए। उहाले हेर्दा सानो देखिए पनि यस्तो कार्यक्रम निकै प्रभाबकारी रहने कुरामा जोड दिनु भयो।

सोहि कार्यक्रमलाई संबोधन गर्नु हुदै वडा न ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठले बिश्वमै भयाबह रुपमा फैलिदै गरेको रेबिज रोग नियन्त्रण गर्नको लागि यस्तो खालको कार्यक्रम प्रभाबकारी हुने बताउनु भयो। अध्यक्ष श्रेष्ठले आयोजक संस्थालाई धन्यबाद दिनु हुदै यस्ता कार्यक्रमहरुमा वडा कार्यालय सदैब सहकार्य गर्न तयार रहेको बताउनु भयो।

कार्यक्रमका सभापति एब संघका अध्यक्ष रमेश अधिकारीले संधको समाजिक उतरदायित्व अन्तर्गत यो का्र्यक्रमको आयोजना गरिएको तथा भबिश्यमा पनि यस्तो कार्यक्रमहरु निरन्तर संचालन गरिरहने बताउनु भयो। उहाले कार्यक्रम सम्पन्न गर्न ्पुर्याऊनु भएको सहयोग प्रति बिशेष आभार ब्यक्त गर्नु भयो।

मध्यपुर थिमि नगरपालिका वडा न ६ का वडा अध्यक्ष ज्ञानदास प्रजापति, वडा सदस्य रामचन्द्र थापा मगर, अरुणा कारन्जित लगायतको बिशेष उपस्थिति रहेको उक्त कार्यक्रममा संघका निबर्तमान अध्यक्ष रत्न बडाल, उपाध्यक्ष रत्न काजि प्रजापति लागायत संघका सम्पुर्ण पदाघिकारी एब सदस्यहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम सम्पन्न गर्नको लागि शुक्र भेट मेड डिस्ट्रीब्युटर्सका राजेश कारन्जितले बिशेष प्राबिधिक सहयोग गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!