काठमाडौँ, फागुन २६, २०८०ः
नेपाली काँग्रेसले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिनुभयो ।
प्रवक्ता डा.महतले अन्य दलसँगको छलफलपछि राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लाग्ने बताउनुभयो ।
राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि अध्यक्ष पद खाली रहेको छ ।