श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

काभ्रे, फागुन २६, २०८०ः

नमोबुद्ध नगरपालिका-५ कानपुर बस्ने ५९ वर्षीय धनबिर दमाईलाई लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ४० वर्षीया कमला परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कमलाले मादक पदार्थ सेवन गरी लठ्ठी प्रहार गर्दा धनबिरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!