माओबादी केन्द्रले दियो आफ्ना सांसदहरूलाई निर्देशन

काठमाडौँ , फागुन २६, २०८०ः

नेकपा माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले राष्ट्रियसभाको अध्यक्षको निर्वाचन तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत दिने दिन अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभामा विश्वासको मत लिने दिन र राष्ट्रियसभामा अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनको दिन सांसदहरूलाई अनिवार्य उपस्थित हुने निर्देशन दिँदै ह्वीप जारी गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही फागुन ३० गते बस्ने प्रतिनिधिसभाको बैठकमा नै विश्वासको मत लिनेबारे छलफल भइरहेको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डले बताउनुभयो ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले देशको पछिल्लो राजनीतिक अवस्था, मन्त्रिमण्डलको विस्तार तथा पार्टीको भूमिकाबारे जानकारी गराउनुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!