नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको अध्यक्षमा सुबरत्न बज्राचार्य सर्बसम्मत

भक्तपुर, फागुन २६, २०८०ः

कृष्ण किसी

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको अध्यक्षमा पुनः सुबरत्न बज्राचार्य सर्वसम्मत चयन हुनुभएको छ । संघको पाँचौ साधारण सभा एवं तेस्रो अधिवेशनबाट संघको उपाध्यक्षमा रामकृष्ण सांगाछे, सचिवमा दिपक बासुकला, कोषाध्यक्षमा आकाश गुभाजु र सहसचिवमा रामशरण श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कार्यसमितिका सदस्यहरुमा सूर्यलक्ष्मी प्रजापति, केशव बासुकला, सुनिता शाक्य, ज्ञानी लाखे र विप्लव खतिवडा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्नु हुदै बागमती प्रदेशका कृषि तथा पशुपक्षीं विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले स्वदेशी उत्पादन बढाउन र प्रयोग गर्नसके रोजगारी बढ्ने बताउनु भयो । कार्यक्रमका विशेष अतिथि नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले व्यवसायिक हकहित, सिलाईको क्षमता बृद्धि, तालिम एवं पेशागत एकताका लागि जिल्ला संघ एवं केन्द्रीय महासंघ सदैव क्रियाशील रहेको भन्दै संघको भक्तपुर पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष प्रेमकुमार महर्जन, महासंघका बागमती प्रदेश संयोजक महेश कायस्थ, भक्तपुर उद्योग बाणिज्य संघकी अध्यक्ष रोशनी मैया धौबन्जा, भक्तपुर किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद चवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष विरेन्द्र जति, भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष गोकुल प्रसाद प्रजापति लगायतका अतिथि वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा संघका भक्तपुर संस्थापक उपाध्यक्ष, सफल व्यवसायी एवं डिएन टेलर्सका प्रोपाइटर दिपानन्द बज्राचार्यलाई दोसल्ला सहित विशेष सम्मान गरिएको थियो । कार्यक्रममा व्यवसायी दिपानन्द बज्राचार्यले अक्षयकोष बृद्धिका लागि ५० हजार रुपैंया सहयोग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!