भक्तपुरमा एसईईका बिद्यार्थीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

भक्तपुर, फागुन २८, २०८०ः
मदन ढुंगाना

ऐक्सेस एकेडेमीको आयोजनामा एसईईका बिद्यार्थीको क्षमता अभिवृद्धि कार्यक्रम आज न्यातापोल बैंकेट सुर्यविनायकमा सम्पन्न भएको छ।

आउदो वर्षको एसईई परिक्षालाई ध्यानमा राख्दै बिद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक तथा ऐक्सेस एकेडेमीका संचालक निराजन सिलवालले जानकारी दिनु भएको छ ।

उक्त कार्यक्रममाआयोजक संस्थाका निराजन सिलवालले स्कुलका बिद्यार्थीहरुलाइ किताबको ज्ञान जती आवश्यक हुन्छ समाजिक र ब्यवहारिक शिक्षा पनि त्यति नै आवश्यक हुने धारणा राखेका थिए । युवा विद्यार्थीहरुको काधमा देश, समाज, विकाश र परिवर्तनका निम्ति ठूलो भुमिका रहन्छ । त्यसैले देश समाज र समुदायकावारेमा पनि विद्यार्थीहरु सचेत हुनु पर्ने भएकाले समाज विज्ञान बुझ्न बुझाउन पनि यस्ता कार्यक्रमहरु आयोजना गरेको वहाँले ्बताउनु भयो।

कार्यक्रममा सामाजिक शिक्षा विज्ञ दुर्गा बहादुर आलेले सामाजिक शिक्षा विषय र गणित विषयमा शिक्षक राम दारेस साहले बिद्यार्थीहरुलाइ थप मार्गनिर्देशन गर्नु भएको थियो । भने कार्यक्रममा तेजस्वी पाठशालाका उप- प्रध्यानाध्यापक दधिकोट इङ्गलिस स्कुल, भक्तपुरका प्राचार्य रमेस मानन्धर लगाएत विभिन्न बिद्यालयका करिब १०० भन्दा बढी बिद्यार्थीको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!