राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं, फागुन ३० गते।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

राष्ट्रपति कार्यालयमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

राष्ट्रपति पौडेलले यही फागुन २८ गते मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) अनुसार आजै उहाँहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभभएको हो।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत संवैधानिक अंगका प्रमुखको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!