“राइट टु प्रोटिन रनले प्रोटिनको महत्वलाई आम जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ।” कृषि मन्त्री साह

काठमाडाैं, चैत्र १-, २०८०ः

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । शनिबार दशरथ रंगशालामा राइट टु प्रोटिन रन हाफ म्याराथन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्वस्थ, अनुशासित, शिक्षित, मर्यादित तथा सक्षम नागरिक राष्ट्र निर्माणका प्रमुख आधार भएको बताउनुभयो । उहाँले विविधताको एकता कायम गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक वृद्धिको माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नु ह्दै प्रोटिनजन्य खाद्यपदार्थहरु दूध, माछा, मासु, अण्डा, गेडागुडी, आदिको हिस्सालाई उल्लेख्य वृद्धि कुपोषणको समस्या निराकरणको प्रमुख आधार भएको बताउनुभयो ।

नेपाल भेटेरिनरी एसोसियसनले प्रोटिन माथिको अधिकार राईट टु प्रोटिनको मर्मलाई आत्मसाथ गर्दै प्रोटिन जन्य पदार्थमा पहुच बढाउनको लागि जनचेतना फैलाउने उद्देश्यले आयोजना गरेको राईट टु प्रोटिन रन हाफ म्याराथन सफलतापुर्बक सम्पन्न भएकोमा मन्त्री साहले एसोसियसनलाई बधाई तथा आगामी बर्षको कार्यक्रमको लागि शुभकामना ब्यक्त गर्नु भयो।

मन्त्री साहले सरकार जनताको सन्तुलित आहार प्राप्त गर्ने अधिकारप्रति संवेदनशील रहेको उल्लेख गर्नुभयो । मन्त्रालयले प्रोटिनजन्य पदार्थहरु माछामासु, दूध तथा गेडागुडीको उत्पादन, वितरण तथा उपलब्धताको सर्वसुलभ पहुँचप्रति विशेष सहजीकरण र सरकारका नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्दै आएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!