माओवादी केन्द्रका नेता खाम प्रहरी नियन्त्रणमा

काठमाडौँ, चैत २०, २०८०ः

नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उहाँलाई काठमाडौँको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

नेता खामलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो। व्यक्ति अपहरण तथा बन्धक बनाई हत्या गरेको आरोपमा नेता खामलाई पक्राउ गरिएको उहाँले बताउनुभयो।

तत्कालीन माओवादी सैन्य कमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ।

सोही घटनाको विषयमा यसअघि पक्राउ परेका तत्कालीन माओवादीका सैन्य सहायक कमाण्डर गोविन्दबहादुर बटाला भने रिहा भइसक्नुभएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!