यो बर्षको थिमि भैलः ताहाननीबाट आयोजना हुनेः माईला प्रजापतिको अध्यक्ष्यतामा मुल ब्यबस्थापन समिति गठन

ताहाननी, मध्यपुर थिमि,
बैशाख ५, २०८१ः
रत्न काजि प्रजापति

यो बर्षको थिमि भैलः मधपुर थिमि वडा न ५ ताहाननी टोलको आयोजनामा प्रदर्शन हुने भएको छ। आज स्थानिय समाजसेबी तथा संस्कृतिकर्मी माईला प्रजापतिको अगुवाईमा भएको भेलाले थिमि भैलः ताहाननी २०८१ नाम सहित उक्त भैलः नाच ब्यबस्थित रुपमा संचालन गर्नको लागि मुल ब्यबस्थापन समिति गठन गरेको छ।

वडा न ५ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठ्को उपस्थितिमा स्थानिय टोलबासीहरुको ब्यापक सहभागिता रहेको उक्त भेलाले समाजसेबी तथा संस्कृतिकर्मी माईला प्रजापतिको अध्यक्ष्यतामा मुल ब्यबस्थापन समिति गठन गरेको हो। समितिको कजिमा बिनोद बाबु प्रजापति चयन गरिएको छ।

परम्परागत भैलः नाच तथा लायकु भैलःका गुरुहरुको सल्लाह समेत समेटेर यस बर्षको भैलः नाच ताहाननीबाट आयोजना गर्न लागेको स्थानिय युवा बलराम प्रजापतिले जानकारी दिनु भयो।

ताहाननी टोलबाट करिब २१ बर्ष पश्चात भैलः नाच प्रदर्शन हुन लागेको हो।  मध्यपुर थिमिमा गाईजात्राको भोलि पल्ट देखि ४ दिनसम्म यो नाच प्रदर्शन गर्ने गरिन्छ। अधिल्लो बर्ष यो नाच चपाचोबाट प्रदर्शन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!