सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

धनगढी, वैशाख ६, २०८१ः

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई बिहीबार मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो।

मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणमा भएका दल नेकपा (एमाले) का १० , नेकपा (माओवादी केन्द्र) का १०, नेकपा (एकीकृत समाजवादी) का ४ , नागरिक उन्मुक्ति पार्टीका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!