पशुपन्क्षी औषधी ब्यबसायी संघद्वारा भेक़डान आकस्मिक राहत कोषको स्थापनाः महासचिब ढकालले हस्तान्तरण गरे शुभारम्भ चेक

रु पचास हजार भन्दा बढि सहयोग गर्ने दाता संरक्षक रहने

काठमाडौं, बैशाख ६, २०८१ः

नेपाल पशुपन्छी औषधी ब्यबसायी संघ (भेकडान)ले “शुभजन्मोत्सब बिशेष भेकडान आकस्मिक राहत कोष २०८१” स्थापना गरेको छ। आज संघको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा संघले उक्त कोषको शुभारम्भ गरेको हो। संघका केन्द्रिय महासचिब सादुराम ढकाल (आशिष)ले आफ्नो शुभ जन्मोत्सबको अबसर पारेर कोषको शुभारम्भ तथा कोषको लागि चेक हस्तान्तरण गर्नु भयो।

आफ्नो जन्म उत्सबको अबसरमा फजुल खर्च गर्नु भन्दा संघका सम्पुर्ण ्ब्यबसायीको हित हुने कार्यमा खर्च गर्नु राम्रो देखेर आफुले यो कोषको अबधारणा बनाएको बताउदै महासचिब ढकालले कोषले दैबिक प्रकोप, दीर्घ रोगलगायत भैपरी आउने कुनै पनि आकस्मिक घटनाबाट पीडित व्यवसायीहरुलाई राहत दिने जानकारी दिनुभयो। महासचिब ढ़कालले देशभरीका ब्यबसायीहरुलाई आफ्नो जन्मदिनको अबसर पारेर दिनको रु १ को दरले न्युनतम रु ३६५ वा सो भन्दा बदी रकम कोषमा जम्मा गर्नु हुन पनि आह्वान गर्नु भयो।

संघको विधानको धारा १४ को उपधारा ३ को दफा (घ) र (ङ) तथा धारा १७ र २५ ले प्रत्यायोजन गरेको अधिकार प्रयोग गरेर नियमावली समेत बनाई सकिएको जानकारी दिदै महासचिब ढकालले रु पचास हजार भन्दा बढि सहयोग गर्ने दाताहरुलाई कोषको संरक्षकको रुपमा सम्मान गर्ने ब्यबस्था रहेको बताए।

संघका पुर्ब अध्यक्ष रेबति रमन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संघका पुर्ब अध्यक्ष नवराज शर्मा तिमिल्सिना र भुपेन्द प्रसाद गौतम, केन्द्रिय सचिब केशब शर्मा मरासिनि , केन्द्रिय कोषाध्यक्ष राजेन्द्र थापा मगर ,केन्द्रीय सदस्य एबम कोशी प्रदेश इन्चार्ज श्री दिपक चन्द्र सेन लगायतको उपस्थिति रहेको थियो।

PC: Keshab Sharma

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!