उपनिर्वाचन : बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

बझाङ्ग, बैशाख १७, २०८१ः

बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित हुनुभएकाे छ । भण्डारी ११ हजार ६ सय १२ मतका साथ निर्वाचित हुनुभएकाे हाे ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गर्नुभएकाे हाे । एमालेका भण्डारीले ११ हजार ६१२ मत ल्याउँदा कांग्रेसका सिंहले ११ हजार ३४३ प्राप्त गर्नुभएकाे छ ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार आठ सय ३१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत प्राप्त गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!