खैरो हिरोइनसहित दुई युवक पक्राउ

ताप्लेजुङ, वैशाख ३१, २०८१ः

ताप्लेजुङ प्रहरीले प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको मेवाखाबाट दुई युवकलाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कलमकुमार लुङगेलीका अनुसार लागू औषध खैरो हिरोइनजस्तो देखिने पदार्थ ४० मिलीग्रामसहित युवकहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–३ का ३१ वर्षीय सुवासचन्द्र दाहाल र सोही वडाका २५ वर्षीय योगेश भारती रहेका छन्।

उक्त परिमाणको लागू औषधसँग उनीहरुले प्रयोग गरेको प्र १–०३–००१ प ३२६१ नम्बरको स्कुटरसमेत बरामद गरिएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो। पक्राउ परेका युवकमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!