नेभ्लाद्वारा “नेभ्ला छात्रबृत्ति कोष स्थापना”ः सहकोषाध्यक्ष चिना लामाद्वारा १५१००० /- नगद सहयोग

काठमांडौ, जेठ २८, २०८१ः
रत्न काजि प्रजापति

नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एसोसियसन (नेभ्ला) का केन्द्रिय सहकोषाध्यक्ष चिना लामाले नेभ्लाद्वारा स्थापना गरेको “नेभ्ला छात्रबृत्ति कोष” को लागि नगद रु एक लाख एकाउन्न हजार नगद सहयोग प्रदान गरेका छन।

नेभ्लाद्वारा राजधानिमा आयोजना गरेको नेभ्ला छात्रबृत्ति कोष शुभारम्भ कार्यक्रममा सहकोषाध्यक्ष लामाले उक्त सहयोग रकम प्रदान गरेका हुन।

करिब ६० हजार भन्दा बढि सदस्यहरु आबद्द रहेको संस्था नेभ्लाले आफ्ना सदस्यहरुका सन्ततिहरुको आर्थिक अभाबका कारण पढ़ाई बिचैमा छुट्नु नपरोस साथै पढि रहेका बि्द्यार्थीहरुका अबिभाबक स्वर्गारोहण भएमा पढाईमा अबरोध नहोस भनेर छात्रबृत्ति कोष स्थापना गरेको सहकोषाध्यक्ष चिना लामाले बताए।

क़ोषमा संकलन हुने रकमको आधारमा छात्रबृत्तिको संख्या र रकम तोकिने जानकारी दिनु हु्दै लामाले कोषमा रकम सहयोग गर्नु हुन सरोकारवाला सम्पुर्णमा अनुरोध गर्नु भयो।

मन्जु भेट फर्माका संचालक समेत रहनु भएका लामाको यो परोपकारी कार्यको सम्पुर्ण नेभ्ला सदस्यहरुले खुलेरै प्रशंसा गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!