नेकपा (एमाले)को सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौँ, असार २३, २०८१ः

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार असार २५ गते मंगलबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल हुनेछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!