काठमाडौं, असार २५, २०८१ः
नेपाल पशु चिकित्सा परिषद्ले पशु चिकित्सक डा. चन्देश्वर राउतलाई दुई महिनाको लागी निलम्बन गरेको छ।
सर्लाही निबासी डा. राउतलाई परिषद्को दर्तावाला पशु चिकित्सकको आचार संहिता विषयमा परेको उजुरी उपर अनुसन्धान गर्नको लागि आजै देखि लागु हुने गरी बढीमा दुई (२) महिनाको लागी निलम्बन गरिएको हो। परिषद्ले नेपाल पशु चिकित्सा परिषद् नियमावली, २०५७ को नियम २१ को उपनियम (१) बमोजिम सो निलम्बन गरिएको जनाएको छ।
परिषदका रजिष्ट्रार डा. मनोज कुमार शाहीका अनुसार निलम्बन अवधिमा डा. राउतले दर्तावाल पशु चिकित्सकका हैसियतले कुनै पनि पशु चिकित्सा व्यवसाय गर्न पाईने छैन।
