एसइईमा चार जीपीए ल्याउने भक्तपुर जिल्लाका ६ बिद्यार्थी सम्मानित

भक्तपुर, असार २६, २०८१ः
रत्न काजि प्रजापति

नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले जिल्ला भरिका बिद्यालयहरुमध्येबाट २०८० को एसइई परीक्षामा चार जीपीए ल्याउन सफल विद्यार्थीहरु सम्मान गरेको छ ।

नेपाली कांग्रेस भक्तपुर जिल्लाका जिल्ला सभापति एवं भक्तपुर क्षेत्र नं २ ्का संघीय सांसद दुलर्भ थापा, राष्टिय स्वतन्त्र पार्टीका संघीय सांसद सन्तोष परियार र बागमति प्रदेशका सांसद किरण थापाले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका हुन् ।

भक्तपुरबाट जिल्ला कुल ६ वटा स्कुलहरुका ६ जनाले चार जीपीए ल्याउन सफल भएका थिए । जिल्लामा सवैभन्दा वढी सूर्यविनायक नगरपालिका क्षेत्रका चार वटा स्कुलका चार जना, भक्तपुर नगरपालिका क्षेत्रका एउटा स्कुलका एकजना र मध्यपुर थिमि नगरपालिका क्षेत्रका एउटा स्कुलका एकजनाले चार जीपीए ल्याउन सफल भएका थिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकास्थित मोर्डन इगलिश स्कुल दधिकोटका बुमिरा माकजू, युनिटी इगलिश स्कुल कटुञ्जेका आशिश थापा क्षेत्री, मनोरम बोर्डिग सेकेण्डरी स्कुल कटुञ्जेका प्रनिशा बखुन्छे, हिमाल एकेडेमी गुण्डूका बिपना मिश्र गरी सूर्यविनायक नगरपालिका क्षेत्रका चार वटा स्कुलहरुका चार जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका थिए । साथै मेधा मावि तेखापुखू भक्तपुरका अंशुदिल प्रजापति र मध्यपुर थिमि नगरपालिका सानोठिमी भक्तपुरको एसओएस हर्मन माइनर मावि्का आर्यन न्यौपानेले चार जीपीए ल्याउन सफल भएका थिए ।

कार्यक्रम नेपाल प्रेस सोसाइटीका अध्यक्ष पत्रकार उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!