संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई माओवादीको निर्देशन

काठमाडौं, २६ असार, २०८१ः

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने दिन आफ्ना सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

माओवादी केन्द्र संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले पर्सी असार २८ गते शुक्रबार अर्थात् प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल तथा स्वतन्त्र सांसदहरु सँग संवाद गर्ने समेत निर्णय गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!