प्रधानमन्त्री प्रचण्डद्वारा प्रस्तुत विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौँ ,२८ असार, २०८१ः

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत पर्‍यो भने विपक्षमा १ सय ९४ मत पर्‍यो ।

प्रतिनिधिसभामा मत विभाजनको नतिजा घोषणा गर्नुहुँदै सभामुख देवराज घिमिरेले आजको बैठकमा २ सय ५८ जना सांसदको उपस्थिति रहेको र १ मत तटस्थ अर्थात् कतै पनि मत दिन्न भन्नेमा परेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!