काठमाडौँ, असार २८, २०८१ः
रत्न काजि प्रजापति
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा फेरि वृद्धि गरेको छ ।
संघको आज चितवनमा बसेको व्यवसायीहरुको भौतिक र भर्चुअल बैठकले अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल गरि चितवनलाई आधार मानी अण्डाको नया समर्थन मूल्य कायम गरेको हो ।
नया समर्थन मुल्य अनुसार अब मिडियम साइजको अण्डा प्रतिक्रेट ४९०/- रुपैयाँ, ठुलो अण्डा प्रतिक्रेट ५१०/- रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ५३०/- रुपैयाँ पर्नेछ । यो मुल्य भोलि असार २९ गते शनिबार देखि लागु हुनेछ ।
यस अघि असार १३ गते देखि लागू हुने गरि संघले अण्डाको नया मुल्य लागू गरेको थियो, जस अनुसार अण्डाको मूल्य क्रमश ४७०/-, ५००/- र ५१५/- कायम गरेको थियो।
संघका सचिब मदन पोखरेलका अनुसार अण्डाको यो मुल्य हालसम्म कै सबैभन्दा उच्च मानिएको छ।