युवा पत्रकारिता पुरस्कारबाट रोजिना थापा पुरस्कृत

काठमाडौं , २८ आषाढ २०८१ः

पत्रकार रोजिना थापा यस वर्षको युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी पत्रकार थापालाई पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार समारोहमा बोल्दै पत्रकार थापाले कर्म गर्दै जाँदा युवा उद्यमको क्षेत्रमा सहयोग पनि भएको र पुरस्कारले थप काम गर्ने हौसला पनि मिलेको बताएकी छिन्। १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी थापाले पछिल्लो समय उद्यमको क्षेत्रमा देखिएका चुनौती, अवसर, सम्भावनाको बारेमा विषय उठान गर्दै सम्बन्धीत निकायलाई झझ्काउने काम गरेकी छन् । यसका साथै युवाहरूले नेपालमा नै केही गर्न सक्छन् र नेपालमा नै मिहिनेत गर्न सक्ने हो भने प्रसस्त सम्भावना पनि छ भनेर हौसला प्रदान गरेकी छन् । थापा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका उपाध्यक्ष समेत हुन् ।

सर्लाहीकी रोजिना थापा सहित सुर्खेतका ललितबहादु बुढा, जुम्लाका सागर परियार र बैतडीका विनोद सिंह बिष्ट गरी चार जना पत्रकारले यस वर्षको युवा पत्रकारिता पुरस्कार पाएका हुन् । उनीहरू सबैजनाले ५० हजार नगद सहिद प्रमाणपत्र प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!