आर्थिक र वित्तीय स्थायित्व दिनेगरी आगामी मौद्रिक नीति तय हुन्छ : गभर्नर अधिकारी

काठमाडाैं, असार २७,२०८१ः

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताउनुभएको छ । बिहीबार इकोनोमिक मिडिया एसोसिएशन नेपालले काठमाडौंमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल राष्ट्र बैंकको अन्य केही उद्देश्य नभएको भन्दै मुलुकको वर्तमान आर्थिक,वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउने बताउनुभयो । उहाँले बैंकिङ क्षेत्रलाई कसरी चुनौतीसँग सामना गर्नसक्ने बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताउनुभयो । उहाँले बैकिङ क्षेत्रमा सबैको संधै आकर्षण रहने बनाउन सक्नुपर्ने बताउनुभयो ।

उहाँले कुनै व्यवसायलाई असर पर्ने नीति नआउने बताउनुभयो । उहाँले बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादन मुलक क्षेत्रमा लैजाने र थोरै भएपनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरु लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले निर्यात मुलुक उद्योग स्थापना गर्ने काममा बैंकको स्रोत प्रयोग हुन आवश्यक रहेको बताउनुभयो । उहाँले मौद्रिक नीति बनाउने राष्ट्र बैंक अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले राष्ट्र बैंकले गर्न सक्ने जति नीतिहरुमा सीमाभित्र रहेर काम गर्ने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रका समग्र सूचकहरु हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको बताउनुभयो ।

उहाँले होटल,ऊर्जा क्षेत्रमा उत्साहजनक वृद्धि भइरहेको भन्दै समग्र सबै क्षेत्र नकारात्मक छ भन्ने धारणा राख्न नहुने बताउनुभयो । उहाँले मौद्रिक नीतिले उद्योग व्यवसाय सहज वातावरण बनाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!