डिडीसीमार्फत किसानलाई दैनिक रु १ करोड भुक्तानी, बाँकी बक्यौता चरणबद्ध रूपमा तिर्ने तयारी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) सुधारका लागि कार्ययोजना अगाडि सारेसँगै किसानलाई दैनिक करिब रु एक करोड भुक्तानी भइरहेको बताउनुभएको छ ।

पछिल्लो चार महिनाको करिब रु ५८ करोड बक्यौता दायित्वमध्ये हालसम्म रु १२ करोड भुक्तानी भइसकेको छ भने एक महिनाको बाँकी रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । डिडीसीमार्फत हाल दैनिक करिब रु एक करोडको कारोबार भइरहेको र सोही रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार बाँकी रहेको करिब रु ४६ करोड रकम आगामी दुई महिनाभित्र चरणबद्ध रूपमा किसानको खातामा जम्मा गरिनेछ । दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले किसानको बक्यौता रकम क्रमशः भुक्तानी हुने मन्त्री चौधरीको भनाइ छ ।

दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!