अबैध पोल्ट्रीजन्य आयात रोक्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

बारा।

नेपाल लेयर्स कुखुरापालक सघले भारतीय खुल्ला सिमा नाकाबाट अबैध रूपमा भित्रिरहेको पोल्ट्रीजन्य बस्तुहरु नियन्त्रण गर्न बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको ध्यानाकर्षण गरेको छ।

भारतीय खुल्ला सिमा नाकाबाट अबैध रूपमा अण्डा, कुखुरा , तयारी मासु तथा चल्लाहरु भित्रिदा अरबौ लगानि रहेको नेपालको पोल्ट्री ब्यबसाय नै धरापमा परेको भन्दै संघका अध्यक्ष बिनोद पोखरेलको नेतृत्वमा गएको टोलीले जिल्ला अधिकारी वसन्त अधिकारी सहित प्रहरी उपरीक्षक सन्तोष तामाङ्गलाई भेटघाट गरि अवैध बस्तुहरु नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ।

भेटका क्रममा प्रजिअ अधिकारी र प्रहरी उपरीक्षक तामाङ्गले सुरक्षा निकायसंग समन्वय गरेर अबैध बस्तुहरुको आयातमा कडाई गरिने आश्वासन दिनु भयो।

सो अबसरमा नेपाल लेयर्स कुखुरापालक सघका अध्यक्ष श्री बिनोद पोखरेल लागायत नेपाल भेटेरिनरी एशोसियशन केन्द्रिय समितिका निवर्तमान अध्यक्ष डा. सितलकाजी श्रेष्ठ, सघका महासचिव भेषराज अर्याल र सदस्य अमोद खनालको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!