बिरगंज, २० फागुन २०८१ः
बोरगंज महानगरपालिका लगायत आसपासका क्षेत्रहरुमा बजार अनुगमनका क्रममा भारतीय अबैध सेतो अण्डा नष्ट गरिएको छ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा वर्डफ्लुको प्रकोप फैलिरहेको सन्दर्भमा सीमावर्ती क्षेत्रमा भारतीय भूमिबाट सेतो अण्डा, कुखुरा र चल्ला लगायतका वस्तुहरुको अवैध आयातलाई नियन्त्रण गर्न गठित RAT( Rapid Action Team) को संयुक्त बजार अनुगमन टोलीबाट बजार अनुगमन गरेको थियो।
बीरगंज म.न.पा – २४, बजार क्षेत्र, विन्दबासिनी गाउपालिका- बजारक्षेत्र, पोखरिमा बजार, लंगडी बजार, ्भिरुवा बजार क्षेत्रका करिब ४७ वटा बिभिन्न पसल तथा ठेलाहउमा अनुगमन गरी दुई हजार ३ सय ७० गोटा सेतो अण्डा नष्ट गरिएको अनुगमन टोलीका संयोजक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, वीरगंज, पर्साका डा. धन सुन्दर शाहले बताए।
उक्त अनुगमनमा संयुक्त बजार अनुगमन टोलीका सम्पुण सदस्यहरु, सुरक्षा निकाय, नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष, पदाधिकारीहरु सहितको सक्रिय सहभागिता रहेको थियो।
