मध्यपुर थिमि, ३ बैशाख २०८२ः
रत्न काजि प्रजापति
ऐतिहासिक बिस्का जात्राको समापनसँगै मध्यपुर थिंमि नगरपालिकामा सरसफाई अभियान सुरु गरिएको छ। जात्राको समयमा संकलित फोहोर व्यवस्थापन गर्न स्थानीय तह र विभिन्न संघसंस्थाहरुको सहकार्यमा सरसफाई कार्यलाई तीव्रता दिइएको हो।
यस अभियानमा मध्यपुर थि्मि नगरपालिकाको सक्रिय नेतृत्वका साथै दुर्तकार्य सहयोगी, फोहोरमैला व्यवस्थापन संस्था नेप्सेम्याक नेपाल, नेपाल स्वच्छ वातावरण र नेपाल फूलबारीजस्ता संघसंस्थाहरुको उल्लेखनीय सहयोग रहेको छ।
मध्यपुर थिमि नगरपालिकाले यस्तो अभियानले समुदायमा स्वच्छताको भावना जागृत गर्ने विश्वास लिएको छ। “बिस्का जात्रा हाम्रो सांस्कृतिक सम्पत्ति हो, त्यसपछिको सफाइ हाम्रो साझा जिम्मेवारी,” एक सरसफाईमा संलग्न स्वयंसेवकले भने।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार, यस्तो अभियान भविष्यमा पनि नियमित रुपमा सञ्चालन गरिनेछ। “साँस्कृतिक पर्वपछि सरसफाई अभियान सञ्चालन गर्नु नगरको दायित्व मात्र होइन, जनताको अपेक्षा पनि हो,” उनले बताए।
स्थानीय बासिन्दाहरुले पनि यस कार्यको सराहना गर्दै नगरपालिकाको प्रयासलाई सकारात्मक उदाहरणको रुपमा लिएका छन्।

PC; surendra shrestha sachibalaya