भोटेकोशी बाढीपीडितका लागि श्रीनगर एग्रिटेकको सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन श्रीनगर एग्रिटेक ईन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ।

भोटेकोशी करिडोरमा आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै स्थानीय बासिन्दा विस्थापित भएका छन्। विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत ११ लाख ११ हजार १११ रुपैयाँ कोषमा योगदान गरिएको श्रीनगरले जनाएको छ।

कम्पनीले बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा ऐक्यबद्धता जनाएको छ। प्रभावित परिवारको जीवन सामान्य अवस्थामा फर्काउन सरकारी तथा गैरसरकारी क्षेत्रसहित निजी क्षेत्रको समेत सहकार्य आवश्यक रहेको श्रीनगरको भनाइ छ।

श्रीनगरले आफ्ना साझेदार, सहकर्मी तथा समुदायका सदस्यलाई पनि आ–आफ्नो क्षमताअनुसार राहत तथा पुनःस्थापना अभियानमा सहभागी हुन आग्रह गरेको छ।

कम्पनीले विपद्को यस कठिन समयमा गरिने सानो–ठूलो हरेक सहयोगले प्रभावित परिवारलाई पुनःस्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!