विश्व फार्मासिस्ट दिवसमा ‘फार्मा पोलिसी डायलग’

काठमाडौं । विश्व फार्मासिस्ट दिवस २०२६ को अवसरमा फार्मेसी एसोसिएसन अफ नेपाल (PhAN) ले ‘फार्मा पोलिसी डायलग’ आयोजना गर्ने भएको छ।

आगामी सेप्टेम्बर २५ मा हुने कार्यक्रममा नेपालको फार्मेसी शिक्षा, सामुदायिक फार्मेसी, औषधि व्यापार तथा वितरण, अस्पताल तथा क्लिनिकल फार्मेसी, अनुसन्धान र औद्योगिक फार्मेसीका विषयमा विज्ञहरूले प्रस्तुति दिनेछन्।

कार्यक्रममा वर्तमान नीति तथा नियमनको समीक्षा गर्दै कार्यान्वयनमा देखिएका समस्या, सुधारका प्राथमिकता र व्यावहारिक नीतिगत सुझावबारे छलफल गरिने आयोजकले जनाएको छ।

त्यस्तै, फार्मासिस्टलाई स्वतन्त्र रूपमा औषधि प्रेस्क्राइब गर्ने अभ्यास (Independent Prescribing) सम्बन्धी अन्तर्राष्ट्रिय अवस्थाबारे पनि छलफल हुने जनाइएको छ।

यस वर्षको विश्व फार्मासिस्ट दिवसको नारा “Empowering Pharmacists for Healthier Futures” रहेको छ। कार्यक्रमका संयोजक फार्मासिस्ट विवेक सिंह महत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!