काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म मूल्य निर्धारण गरेको छ। संघको असोज ६ गते बसेको बैठकले देशभरका अण्डा उत्पादकको राय, परामर्श र सिफारिसका आधारमा असोज ७ गतेदेखि लागू हुने गरी मूल्य तोकेको हो।
नयाँ मूल्यअनुसार XL अण्डा प्रति पेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अण्डा प्रति पेटी ४ हजार २०० रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ।उपभोक्ता मूल्यतर्फ ठूलो अण्डा प्रतिकोटा २५ रुपैयाँ र मिडियम अण्डा दुईवटा ४५ रुपैयाँ कायम गरिएको उल्लेख छ।
संघले तोकिएको मूल्यमा कारोबार गरिदिन व्यवसायीलाई अनुरोध गरेको छ।